Monday, October 26

डेरावाल संक्रमितलाई घरबेटीले नै बनाइदिए आइसोलेसन..! उहालाई सम्मन स्वरुप एक सेयार गरौ !

August 24, 2020 188

८ भदौ, विराटनगर । पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण फैलिएको मोरङको विराटनगरमा डेरा बस्नेलाई घरबेटीले घर छोड्न बा’ध्य बनाएको घटना नौलो हुन छाडेको छ । तर यहाँका एक घरबेटीलेभने डेरावाल संक्रमितकालागि छुट्टै आइसोलेसन कक्षको व्यवस्था गरिदिएकाछन् ।विराटनगर महानगरपालिका ३ का कृष्णकुमार सुवेदी र राधा सुवेदीले कोरो’ना सं’क्रमितका लागि घरमै आइसोलेसन व्यवस्था गरिदिएका हुन् ।

एक साताअघि सुवेदीको घरमा भाडा मा बस्ने एक जना लाई कोरो’ना सं’क्रमण पुष्टि भयो । महानगरले बनाएको आइसोलेसन मा बेड खाली नभएका कारण सं’क्रमित युवतीलाई कहाँ जाने भन्ने टुंगो थिएन । बस्ने ठाउँ नभएपछि सुवेदीले छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् । ‘पोजेटिभ रिपो’र्ट आए पछि छोरीलाई अन्तै कता पठाउनुभएको रहेछ’ पूर्व शिक्षकसमेत रहेका सुवेदीले भने ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन,घरमै बोलाएर छुट्टै कोठा र शौचालय व्यवस्था गरिदिएँ ।’

सुवेदीको दुई तल्ले घर छ । भुई तल्लामा सं’क्रमित युवतीलाई छुट्टै शौचालय र कोठा व्यवस्था गरि दिएका छन् । युवतीको परिवार लाई पनि छुट्टै शौचालय बनाइदिएका छन् । सुवेदी श्रीमती र छोरासहित दोस्रो तलामा बस्छन् ।‘यो रो’गले धनी ग’रिब सकैलाई छोड्दैन’ उनले भने ‘मान्छे म’र्दा छुन समेत पाइन्न यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’ संक्रमितलाई मानवीय व्यवहार गर्दै सहयोगको आवश्यकता रहेको उनी बताउँछन् ।

‘घरमा सत’र्कता अपनाएका छौं’ सुवेदीले भने, ‘हाम्रो परिवार घर बाट बाहिर निस्किएको छैन । संक्रमितको अवस्था दिनमा एक पटक बुझ्छु ।’ सं’क्रमण पुष्टि भएका युवतीको परिवार ११ साउनयता सुवेदीको घरमा बस्दै आएको छ । २८ साउनमा विराटनगर ३ का ५७ वर्षका कोरो’ना संक्रमितको मृ’त्यु भएको थियो ।सं’क्रमित युवती मृ’तक पुरुषका आफन्त हुन् । युवतीको आफन्तको रिपो’र्ट भने नेगेटिभ आएको सुवेदीले जानकारी दिए । श्रोत ः अनलाईनखबर ।

प्रतिकृया दिनुहोस्