Monday, November 30

पछिल्लो २४ घन्टामा १३३ जना संक्रमित थपिएको जानकारी

July 24, 2020 167

काठमाडौँ — मुलुकमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको शुक्रबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १३३ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

सोही अवधिमा १०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

थप १ को मृत्यु

प्रवक्ता गौतमले कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको शुक्रबार बिहान ९:४५ नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी मुटुसम्बन्धी बिरामी र निमोनियाबाट ग्रसित थिइन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

नयाँ संक्रमितको जिल्लागत विवरण

काठमाडौं १०
कास्की ५
लमजुङ ३
बागलुङ १
तनहुँ १
बाँके २
बर्दिया २
दाङ ४
नवलपरासी पूर्व ४
रुपन्देही ४
जाजरकोट १
कालीकोट २
दैलेख ८
कैलाली ८
धनकुटा १
सुनसरी ५
झापा २५
मोरङ १
सप्तरी ७
मोरङ १
बारा १
सर्लाही २
पर्सा ३०
धनुषा १
पर्सा १
चितवन २
उदयपुर १

Source Kantipur Post

प्रतिकृया दिनुहोस्