Wednesday, December 2

काठमाडौंमा एकसहित ८ जनाको कोरोनाबाट मृत्यु : मृतकको संख्या १५७ पुग्यो

August 24, 2020 21

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष , सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन्। थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको छ।

 

यसैगरी पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्।

२४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ।annapurna post

प्रतिकृया दिनुहोस्