बिहिबार ०९ बैशाख २०७८

काठमाडाैं । काठमाडाैं विश्वविद्यालयमा भैतिक उपस्थितिमा पठनपाठन नहुने भएकाे छ । बुधबार सूचना जारी गर्दै काठमाडाैं विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण पुनः बढेकोले बिहीबारदेखि आगामी वैशाख मसान्तसम्म अनलाइनमार्फत पठन पाठन गराउने जनाएको हाे ।

यद्यपि, स्कुल तथा विभागीय प्रशासनहरु भने सुचारु नै हुने जनाइएकाे छ । यता अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम हुने सूचनामा उल्लेख छ ।

news18nepal

३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया