Monday, January 25

अहिलेसम्म कति जना नेपाल प्रहरीमा कोरोना संक्रमण देखियो त ? पुरा पढ्नुहोस !

July 24, 2020 191

काठमाडौं, ९ साउन । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा अग्रपंक्तिमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी संक्रमणको उच्च जोखिममा रहँदै आएका छन् । हालसम्म देशका विभिन्न जिल्लाका ११६ प्रहरीमा कोरोना संक्रमण भइसकेको छ ।

संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ५८ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् ।

जसमध्ये दुई महिला र ११४ पुरुष छन् । संक्रमित प्रहरीमा काठमाडौंका ९, भक्तपुरका १, धनकुटाका २, मोरङका ५ , बाराका ७, धनुषाका १२ , सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् ।

यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि फिल्डमा खट्नु पर्ने र मृत्तक संक्रमितको शव व्यवस्थापनमा समेत प्रत्यक्ष संलग्न हुनुपर्ने लगायतका कारणले गर्दा सुरक्षाकर्मी कोरोना संक्रमणको उच्च जोखिममा रहने गरेका छन् ।

प्रतिकृया दिनुहोस्