सोमबार ०६ बैशाख २०७८

कोरोना प्रभावितलाई सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को परियोजनालाई दिइएको रकम हिनामिना गरेको आशंकामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को जेनेभास्थित मुख्यालयले छानबिन सुरु गरेको छ’ ।

परियोजनाअन्तर्गत यूएईमा आर्थिक दुरुपयोग भएको भन्ने उजुरी आएपछि मुख्यालयले छानबिन थालेको हो’ । आईएलओले आप्रवासी नेपालीको राहत र उद्धारका लागि एनआरएनएलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो’ ।

उक्त परियोजनाअन्तर्गत यूएई, कतार, साउदी अरब, मलेसियासहितका ९ मुलुकमा घरफिर्ती, उद्धार र राहत कार्यक्रम ल्याइएको थियो । यस प्रकरणमा एनआरएनएको अन्तर्राष्ट्रिय समिति (आईसीसी) ले पनि छानबिन समिति गठन गरेको थियो ‘। समितिले युएईमा पीडितको उद्धारका लागि आएको रकममा हिनामिना भएको निष्कर्ष निकालेको थियो ‘।

खाना, हवाई टिकट र पीसीआर शुल्क लागेभन्दा बढी र नक्कली बिल प्रयोग जस्ता दुरुपयोग देखिएको समितिले उल्लेख गरेको छ । आइएलओको छानबिनमा पनि आर्थिक दुरुपयोग भएको पुष्टि भए क्षतिपूर्ति भनुपर्ने र कारबाही हुनेछ’ ।

chhayapati

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया