सोमबार १३ मंसिर २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु होला । समग्रमा दिन उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
इच्छा शक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइ लेखाइमा पनि प्रगति गर्न सकिने योग छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अलि बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलश्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साह जनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । काम बिग्रने डरले सताइरहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिन्छ । स्रोत साधन जुट्नाले दिगो फाइदा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आय आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पति पत्नीमा पनि अविश्वास बढ्ने योग छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बौद्धिक कार्यबाट मनग्य धन लाभ हुनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनु होला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनु पर्दा मन खिन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउने छन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ ।

२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया