Sunday, November 29

कोरोना लागेको आफ्नो मान्छेलाई भेट्न नआउनु ! डा: अजय पराजुली

August 24, 2020 72

अधिकांश मानिसहरुलाई कोरोना लागेको १०-१२ दिन मै पूर्ण रूपमा ठीक हुन्छ । तसर्थ आफ्ना छरछिमेक, आफन्त , नातागोतामा कसैलाई कोरोनाको संक्रमण देखिएको छ भने कृपया घृणा , हेलाँ , छिछि दुरदुर नगर्नुहोला।
रोग त दश दिनमै ठीक हुन्छ तर तपाईले उसलाई ‘संकट परेको बेलामा ‘ देखाउनु भएको यस्तो ‘अमानवीय व्यवहार ‘ उसको मनमा सदा सर्वदा जिवनकालभर रही रहन्छ ।
कोरोना भएको मान्छेलाई नभेट्नुहोस् । ठीक छ । तर वेलावेलामा फोन गर्नुहोस् , हालखवर सोध्नुहोस् । अरुबेलाको जस्तो सामान्य गफ गर्नुहोस् ।

केही सहयोग चाहिएको छ भने सोध्नुहोस् । गार्हो साघुरो परेको भए बाहिरबाट सहयोग गर्न मिल्छ भने गर्नुहोस् । यस्तो बेलामा उसको मनोबल उच्च बनाउन मद्धत गर्नुहोस् । यस्तो अवस्थामा मानसिक रूपमा ढाढसको आवश्यकता पर्छ । त्यसैले आफूलाई पनि लाग्न सक्छ भन्ने हिसाबले सोच्यो भने कोरोनाको संक्रमणको त्रास सामान्य हुँदै जान्छ ।

 

प्रतिकृया दिनुहोस्