Saturday, November 28

पुजारी हत्याको अपराधीलाई कडा सजाय माग गर्दै : उप सभापति विमलेन्द्र निधि

August 24, 2020 175

रौतहट जिल्लामा भएको पुजारी हत्याको न्यायको नेपाली कांग्रेसको केन्द्रिय उप सभापति विमलेन्द्र निधीले माधव नारायण नगरपालिकामा गरिएको पुजारीका हत्याको अनुसन्धान गरीकारबाहीको माग गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले चार दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको विषयमा छिटोअनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको हो । पुजारी शुद्ध समाज सेवि र ईमानदार व्यक्ति थियो ।

निर्मम तरिकाले गरिएको हत्यामा सरकार नबोल्नु कारण हत्याको धाकछोप गर्नु समाजिक र कानुनी न्यायको उपास हुने देखिन्छ । देश व्यापी रूपमा आलोचना भइरहेका बेला आइतबार दिउँसो ट्वीटरमार्फत पुजारीका हत्यारामाथि कारवाही गर्न सरकारसँग माग गर्नुभएको हो ।

उप सभापति निधिले नेपाल प्रहरीसँग घटनाको अनुसन्धान गरि अपराधीलाई सार्वजनिक गर्न समेत माग गर्नु भएको छ ।

ट्विटरमा उहाँले लेख्नुभएको छ,
रौतहट जिल्लाक‍ो माधवनारायण नगरपालिकामा हनुमान मन्दिरका पुजारी राम साहलाई राती खाना खाने बेलामा गोली हानी हत्या गरेको चार दिन भए पनि सरकारले अहिले सम्म केही गरेको छैन।
शीघ्र हत्याराको खोजी गरि
कडा सजाय दिन सरकारसंग माग गर्दछु।
मृतकको आत्माको चीर शान्तिका लागि प्रार्थना गर्दछु।

प्रतिकृया दिनुहोस्