Monday, January 18

पुरुष आए न्याय माग्न ३ बर्षमा १६ मुद्दा : दिलकुमारी पुन उपाध्यक्ष ताराखाेला गाउँपालिका

August 24, 2020 118

खगेन्द्र विश्वकर्मा

संघियता अनुसार नेपालमा विभिन्न ३ तहका सरकारहरु छन् । संघ ,प्रदेश र स्थानिय तह त्यहा विभिन्न पद पद्धति प्रतिनिधि छानिएको हुन्छन उनीहरुकाे काम कर्तव्य अधिकार पनि संविधानले उल्लेख गरेकाे छ । त्यस्तै गाउपालिकामा उपाध्यक्ष जाे निर्वाचित भएर अाउने व्यवस्था छ ।

उपाध्यक्ष पदममा महिला अनिवार्य गरेकाे छ तर राजनिती पार्टी समावेश भई निर्वाचित हुनेमा उपाध्यक्षमा महिला अनिवार्य गरेकाे छैन ।ताराखाेला गाउँ पालिकाकी उपाध्यक्ष दिलकुमारि राेका पुनले अाफ्नाे अधिकार , काम कर्तव्य अनुसार के सिक्नुभयाे, के गर्नुभयो उहाको अनुभव याे अंकमा उल्लेख गरिएकाे छ । दिलकुमारि राेका बताउनुहुन्छ :- चुनावमा वा जनप्रतिनिधि बनेर अाउदा जनतालाई सपना बाढेर अाए जस्तो पक्कै पनि नहुदाे रहेछ । किनकि विभिन्न किसिमको विधि, पद्धति , बजेटले र कार्यशैली प्रमुख हुदाे रहेछ । यसर्थ मेराे अनुभवमा उपाध्यक्ष पद जनताकाे गुनासो सुन्ने पद रहेछ भन्ने लाग्छ किनकी हामी हरेक याेजनाकाे अनुगमनमा जनताकाे घरदैलोमा पुग्दा जनतासंग भलाकुसारि गर्दछौं ।

जब उपाध्यक्ष बनेर अाएपछि पहिलो बर्ष सिक्न बुझ्न लाग्दाे रहेछ । दाेस्राे बर्ष सिक्दै काम गर्दै गरे विभिन्न तालिम, सेमिनार, गाेष्ठिले थप बलियो बनाउदै लग्यो । तेस्रो बर्षमा केही काम गरेजस्तो लागेकाे छ । उपाध्यक्ष वा मेराे मुख्य काम संविधान अनुसारनै न्याय संबन्धि, राजस्व परामर्श र याेजना अनुगमन रहने गर्छ । यश गापामा न्याय संम्बन्धि सामान्य घरायसी झै झगदा, सम्बन्ध विच्छेदका मुद्दाका निवेदन अाए यसमा पुरुषहरु पनि श्रिमतीबाट पिडित भई न्याय माग्न निवेदन अाएका थिए । यस्ता घटना वैदेशिक राेजगारकाे कारण अाएकाे बताउनु भयाे । ३ वटा निवेदन वैवाहिक संबन्ध बिच्छेदका थिए त्यसलाई हामीले मिलाउने प्रयास गरियो । नमिल्नेलाई जिल्ला अदालन पठायाै ।

अरु सामान्य घटना यहाँ नै मिलायाै । ( दाेस्राे हाे राजस्व परामर्श संम्बन्धि यसमा हामीले गापामा राजस्वमा कर नीति नयाँ कायम गरिएको थियोे तसर्थ सुरुमा अलि बढि कर लगाए भन्ने जनताकाे बुझाई थियो तर पछि अन्य गापा,नगरपालिकाकाे कर दररेट बुझेपछि जनताले अाफै कुराे बुझे । कर अन्तरगत लक्ष्य अनुसार सलफ बन्दै गएका छाै ।

निकासी संम्बन्धि अालु, भाँगाे, पशु र काठ ढुङ्गामा मात्र कर निर्धारण गरिएकाे छ । कर निर्धारण गरि ठेक्का प्रक्रियामा दिने गरेका छाै । यसमा करकाे दायरा बढाउने ( कर उठाउन व्यवस्थित नीति अवलम्बन गर्ने) गरेमा करोडौंकाे कर संकलन गर्न सकिन्छ । अहिले सम्म भने कर निकासी करमा गापाले १० लाख मात्र निर्धारण गरि ठेक्कामा दिने गरेकाे छ । गापाकाे मुख्य सम्पत्ति स्लेट ढुङ्गा हाे जसलाई गापाले संरक्षण गर्ने मात्र अधिकार छ संरक्षण र प्रयाेगका लागि प्रदेशमा समन्वय गर्न अनुराेध गरिएकाे छ । प्रदेशले खानि उत्खनन संम्बन्धि कानुन बनाउछाै भनेर हामी प्रदेशकाे कानुन पर्खिरहेका छाै । अहिले पनि ढुङ्गा खानी उत्खनन भै रहेकाे छ ।

त्यसैमा सामान्य निकासी करमात्र लगाएका हाै । तर यहाबाट बाहिरिने जडिबुटी हरुमा पनि मेहनत ,कसरत अावश्यक छ) । (तेस्रो उपाध्यक्षकाे जिम्मेवारी गापाबाट संचालन भएका याेजनाहरुकाे अनुगम गर्ने हाे । वा याेजना अनुगमनकाे संयाेजक भई काम गर्नु हाे । याेजना अनुगमनमा मुख्य गरि प्राविधिक स्टमेट बुझ्न नसक्नु गाह्रो बिषय रहेछ । जब अनुगमनमा उपभोक्ता कहाँ पुग्दा उपभोक्ताले बजेट रकम नपुगेकाे गुनासो गर्छन प्राविधिकहरुले भने स्टमेट अनुसारको सामान प्रयाेग नगरेकाे भन्छन् तर अहिले भने अनुगमन धेरै अनुभव प्राप्ति गरेकाे बताउनु भयाे । अब २ बर्षमा हुने कामहरु महत्त्वपूर्ण हुनेछन् ।

 

जननी नेपाल

प्रतिकृया दिनुहोस्