Monday, January 18

४ करोडको साइकल !

August 24, 2020 80

यै संसारमा भित्रै हुन्छन विभिन्न घटना परीघटनाहरु जुन केही हामिले सामान्य सोचको भन्दा फरक झण्डै अवास्तविक झै हुन्छन ।तर सत्य हुन । र हाम्रो लागि ति नै विषयबस्तु रोचक र अनौठो भईदिन्छन । यसैक्रमा यहाँ हामिले प्रस्तुत गर्दै छौ ।

एक साईकलको खबर : एउटै साइकलको मुल्य ४ करोड पर्छ भन्ने सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर यो वास्तविक हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको साइकल लिलामीमा राखिएको छ, जसको लिलामी मूल्य ४ करोड राखिएको छ ।

वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ । फायरबक्समा कोइला राखेर आ’गो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ ।

मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्