बुधबार २० साउन २०७८

एजेन्सी( बलिउडका चर्चित नायक हुन् सलमान खान । उनि उमेरले पच्पन्न कटे पनि तर उनको जवानि भने भर्खर पचिसको जस्तो देखिन्छ । उनको विहेको विषयलाई लिएर धेरै मानिसहरुलाई चासो बनिरहेको छ ।

हरेक जसो उनलाई लिइने अन्तर्वार्तामा उनको विवाह योजनालाई लिएर प्रश्न गर्ने गरिन्छ । तर खानले विहेको लागि त्यति रुचि भने देखाउदैनन् । हालै सलमानले दिएको एक अन्तर्वार्ताले दर्शकको यो चासोलाई निराशामा परिणत गरिदिएका छन् । सलमानले विहे भन्ने शब्दमाथि विश्वास नलाग्ने बताएका छन् ।

सलमानले हालै दिएको एक अन्तर्वार्तामा उनले आफुलाई विवाहको चाहना र चासो नलाग्ने गरेको बताए । सलमानले वैवाहिक सम्वन्धमा विश्वास नभएकै कारण अचेल मित्रताको सम्वन्धमा समेत शंका लाग्ने गरेको उनले बताए ।

आफुलाई विहे गर्न त्यति मन नलाग्ने र बच्चाको असाध्धै माया लाग्ने बताए। बच्चा मन पर्छ तर जरुरी छैन उसको आमा मेरो श्रीमती हुन पर्छ ।

१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया