सोमबार १३ मंसिर २०७८

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि ब’म प्र’हा’र गर्नेलाई गृहमन्त्री बनाएर आफूले गल्ती गरेको बताएका छन् ।

मंगलबार जनआन्दोलन दिवसको सन्दर्भमा रुकुममा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आ’त्मलोचना गर्दै यस्तो बताएका हुन् ।

प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई अवसर दिएर गल्ती गरेको भन्दै यस्तो बताएका हुन् । उनले गृहमन्त्री भने पनि बादलको नाम लिएनन् । उनले मणि थापालाई स्थायी कमिटी सदस्य बनाएरसमेत गल्ती गरेको बताए । उनले आफूलाई सं’कटमा साथ दिने नेता तथा कार्यकर्तालाई अवसर नदिएर गल्ती गरेको स्वीकार गरे ।

‘२०७० को चुनावमा ममाथि ब’म प्र’हार गरे । म केही सेकेन्डले मात्र बाँचेको थिएँ । ती ब’म प्र’हार गर्ने साथीलाई मैले गृहमन्त्री बनाएँ । सायद मैले गल्ती गरेँ’, प्रचण्डले भने, ‘संगठन र जनतामा केही पनि प्रभाव नभएको मान्छेलाई लगेर स्थायी कमिटीमा राखिदिए । सायद मैल गल्ती गरेँ । मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नु पथ्र्यो । त्यहाँनेर गल्ती भयो ।’

उनले पार्टीप्रति प्रतिबद्ध, इमान्दार, दुःख गरेकाहरुलाई ध्यान नदिएर नेतृत्वलाई घे’राब’न्दी गर्नेलाई ठाउँ दिएको भन्दै गल्ती महसुस गरेका हुन्। उनले दुःखसुखमा साथ दिन जनता छाडेर अन्य पार्टी र देशीविदेशीसँग लागेको र त्यसैका कारण पार्टी कमजोर बन्न पुगेको भन्दै आत्मालोचना समेत गरे।

उनले संविधान र व्यवस्थामाथि ष’ड्यन्त्र भएको भन्दै जनयु’द्धका उपलब्धिमाथि षड्यन्त्र भइरहेको बताए। उनले अब आफू काठमाडौँमा कम र जनताका बीचमा धेरै बस्ने भन्दै त्यसका लागि रुकुमको सभाले आफूमा ऊर्जा थपेको बताए।

etajakhabar

१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया