Sunday, October 25

महानायक अमिताभ र छोरा तथा अभिनेता अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ

July 24, 2020 140

काठमाडौं – बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतिय मिडियाका अनुसार उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

मुम्बाईको नानावटी अस्पतालमा उपचार गराइरहेका अमिताभ र अभिषेक कोरोना मुक्त भएका हुन् । पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि अमिताभ र अभिषेकलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको जनाइएको छ ।

Source Canada Nepal

प्रतिकृया दिनुहोस्