Saturday, October 24

फेरी ७ दिन थप्दै सुनसरी १४ गते सम्म निषेधित घाेषणा ….

August 24, 2020 19

इटहरी । सुनसरी जिल्लालाइ थप ७ दिन म्याद थप्दै आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । सुनसरी जिल्ला प्रसाशन कार्यालयले बिहान बसेको छोटो बैठकले तेश्रो पटक ७ दिन म्याद थप्दै जिल्लालाइ पुनःनिषेधित क्षेत्र घोषणा गरिएको हो ।

गत साउन २१ गते राती १२ बजे देखि घोषणा भएको निषेधित क्षेत्र तेश्रो पटक म्याद थप्दै आगामि भदौ १४ गते सम्म पुर्याइएको छ । कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर संक्रममितको संख्या बढन थालेपछि थप सुरक्षा सतरकता अपनाउदै जिल्लालाइ आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले बताए ।

यता प्रसाशनले जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र घोषणा गरेसंगै मुख्य शहरहरू धरान , इटहरी , इनरूवा लगायतका बजार ब्यवसाय ठप्प रहने भएको छ । अति आवस्यकिय सेवाहरू बाहेकका सवारी साधन र औषधि पसल बाहेका सबै व्यवसाय बन्द गर्न प्रसाशनले आग्रह समेत गर्दै आएको छ ।

1

 

प्रतिकृया दिनुहोस्