Monday, October 26

पर्सामा कोरोना संक्रमण प्लास्टिकको झोला र पैसाबाट फैलिएको दाबी

August 23, 2020 119

पर्सा, ७ भदौ । पर्सामा कोरोना संक्रमण प्लास्टिकको झोला र पैसाबाट फैलिएको दाबी गरिएको छ । सावधानीका उपाय नअपनाई तरकारीलगायत दैनिक उपभोग्य बस्तु बिक्री गर्न प्रयोग गरिएका झोला तथा पैसाले संक्रमणलाई समुदाय स्तरमा फैलाउन मद्दत पुर्‍याइरहेको चिकित्सकहरूले बताएका छन् ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज र ग्रामिण भेगका टोलबस्तीमा तरकारीलगायतका दैनिक उपभोग्य बस्तु खरिद–बिक्री गर्न प्रयोग भइरहेका नगद तथा प्लास्टिकका झोलाले संक्रमणलाई घरभित्र पुर्‍याउने काम गरिरहेको बताए ।

उनले सावधानीका उपाय नअपनाई बस्तुको खरिद–बिक्रीमा प्रयोग भएका नगद तथा प्लास्टिकका झोलाले कोरोना संक्रमणलाई बढाउने काम गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले समेत पुष्टि गरेको जानकारी दिए ।

निषेधाज्ञाका बाबजुद ग्रामिण बस्तीमा लाग्ने तरकारी बजार र त्यहाँ हुने असुरक्षित लेनदेनले ग्रामिण भेगमा संक्रमितको संख्यालाई बढाएको डा. सिंहको भनाइ छ ।

असुरक्षित कारोबारकै कारण ग्रामिण भेगको एक नगरपालिकाबाट एकै दिन ९० जनासम्म संक्रमित भेटिएको तथ्य पनि उनले सुनाए । पर्साको सदरमुकाम वीरगञ्जभन्दा जिल्लाको ग्रामिण भेगमा संक्रमितको संख्या बढिरहेकाले परिक्षणकोले दायरालाई ग्रामिण भेगमा बढाउन जरुरी रहेको डा. सिंहको भनाइ छ ।

koshi online

 

प्रतिकृया दिनुहोस्