Monday, January 18

ऋषि पञ्चमी यसरि समापन गरियो ..

August 23, 2020 144

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज पछि आज आइतबार ऋषिपञ्चमीको पूजा गरी सकिएको छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू (गलत कृयाकलाप) छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ ।

रजश्वला नै सृष्टिको सुरुआत मानिने भएकाले हाम्रो परम्परामा यस अवधिमा भए/गरेका गल्तिहरुबाट मुक्ति पाउनको लागि यो ब्रत महत्वपूर्ण मानिन्छ ।

तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्दछ ।

ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा गई दतिवनले दाँत माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान दक्षिणा आदि दिने प्रचलन छ ।

प्रतिकृया दिनुहोस्