
कर्णा’ली प्रदेशका मुख्यमन्त्री महेन्द्र’बहादुर शाहीको पद धरापमा परेको छ। प्रमुख सत्ता साझे’दार नेकपा (एमाले)का तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उनको सरकार अल्पमतमा परेको हो।
शाही मन्त्रि’मण्डलमा रहेका प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सा’माजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्रीले मंगलबार शाहीलाई राजीनामा बुझा’एका हुन्।राजी’नामा दिएपछि उनीहरूले सर्वोच्चको फैसलापछि बदलिँदो परिस्थि’तिमा आफू’हरूले पार्टीको निर्णय मानेको बताए।
राजी’नामा बुझा’एपछि उनीहरूले मन्त्री’का हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन्।गाडी पनि बुझाए|पछि केहीबेरमा बस्न लागेको एमाले संसदीय दल बैठकमा सहभागी हुन उनीहरू मुख्य’मन्त्री कार्या’लयबाट पैदल गएका छन्।
केन्द्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव’कुमार नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेका बेला कर्णालीमा भने शाहीको सरकार ढाल्न एमाले एक ठाउँमा उभिएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी भए पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डा हुँदा २०७४ मा एमा’लेको साथमा शाही मुख्य’मन्त्री बनेका थिए।
शाही मुख्य’मन्त्री बनेपछि एमाले नेता या’मलाल कँडेल असन्तुष्ट थिए। मुख्यमन्त्रीका दाबेदार कँडेलले यसअघि पनि शाही’लाई अपदस्त गर्न खोजेका थिए। तर केन्द्रले हस्तक्षेप गरेपछि उनको प्रयास अस’फल भएको थियो।
zkhabar