आइतबार १२ मंसिर २०७८

काठमाडौं । मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटनामा भएको छ । गाउँपालिका–४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी जाँदै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । दुर्घटनामा बोलेरोमा सवार ३ जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको छ । दुर्घटनामा गाडीका चालक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीमा सवार मानेभञ्ज्याङ्ग–४ केतुके धुसेनीका टुल्कीमाया मगर, बिना मगर र डोल कुमारी मगरको अवस्था अचेत रहेको प्रहरीले बताएको छ । बोलेरो चालक सिद्धिचरण नगरपालिका–१० का कमल थापाको अवस्था भने गम्भीर रहेको र घाइतेलाई उद्धार गरी सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल घटना स्थलमा प्रहरी पुगेको र घाइतेको उद्धारमा जुटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सडकबाट करिब ७ सय मिटर तल झरेको गाडी बिहान करीब साढे ९ बजेतिर दुर्घटना भएको भए पनि प्रहरीले १२ बजे खबर पाएको थियो । हाल गाडी चालक थापालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ भने अन्य तीन जनाको उद्धार भइरहेको प्रहरीको भनाइ छ ।

दुर्घटनास्थल विकट स्थानमा रहेकोले भर्खर मात्र घटनास्थलमा नेपाल प्रहरीको टोली डोरी तथा अन्य उद्धार सामग्री लिएर पुगेको छ । दुर्घटना बारे थप विवरण भने आउन बाँकी छ ।

news18nepal

२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया