Thursday, October 29

उपत्यकामा थप १ सय ६६ जनामा संक्रमण,काठमाडौंमा मात्र १ सय २६ थपिए

August 23, 2020 85

काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय १६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय १६ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ६० संक्रमित थपिएका छन् भने ललितपुरमा ६ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५० जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौंमा संक्रमितको संख्या हालसम्म २ हजार ५ सय ७९ , ललितपुरमा ४ सय २० र भक्तपुरमा २ सय ७३ गरी उपत्यकामा संक्रमितको कुल संख्या ३ हजार ९६ पुगेको छ । news24

प्रतिकृया दिनुहोस्