आइतबार १२ मंसिर २०७८

काठमाडौं । कैलालीमा नेपाल–भारत सीमा क्षेत्रमा तस्कर र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । भजनी नगरपालिका वडा नम्बर ३ मोरियाघाट पिल्लर नम्बर ७०७/३ नजिकमा नेपाल प्रहरी र भारतीय तस्करबीच दोहोरो गोली हानाहान भएको भएको हो ।

सीमा क्षेत्रमा भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएको कैलाली प्रहरीले जनाएको छ । ​तस्करहरूले एक राउड गोली चलाएपछि नेपाल प्रहरीले ३ राउन्ड गोली चलाएको बताएको छ ।

दोहोरो भिडन्तमा परी भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएका छन् । उनीसँगै अन्य ४ जना भारतीय तस्करहरू भारततिर भागेका प्रहरीको भनाइ छ ।

news18nepal

७०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया