Tuesday, December 1

मानवअंग प्रत्यारोपण केन्द्रमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

August 23, 2020 107

काठमाडौं । सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । डाइलाइसिस गर्न आज आइतबार मात्रै सो अस्पताल पुग्नुभएका करिब ५० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उपचारमा संलग्न २ डाक्टर र ४ जना नर्स सहभागि थिए ।

यो पनि :

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न नसकिने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकामा संक्रमण बढ्दै जादा चिन्ता थपिएको भन्दै समुदायमा संक्रमण फैलन नदिन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले जनस्वास्थ्यको मापदण्ड नमान्दा संक्रमण फैलिएकाले स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न सबैलाई पुनः अनुरोध गर्नुभयो ।

आज आइतबार पछिल्लो २४ घण्टामा देशभर ८१८ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । सोमध्ये निको हुनेको संख्या १८ हजार ६३१ रहेको छ ।

प्रतिकृया दिनुहोस्