Monday, November 23

आज दुई महिलासहित तीन कोरोना संक्रमितको मृत्यु पुष्टि…

August 23, 2020 106

काठमाडौं, ७ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले दुई महिलासहित थप तीनजनाको मृत्यु पुष्टि गरेसँगै उक्त संख्या पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा झापाका पुरुष र पर्सा र सर्लाहीका महिला छन् । विगत केही दिनभन्दा आज मृत्यु हुनेको संख्या कम हो ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये मृत्यु हुने प्रतिशत ०.४९ हो । तर, दैनिक मृतक थपिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ ।

मृतकको विवरण
१. झापाका ५८ वर्षीय पुरुष । ७ भाद्रमा मृत्यु पुष्टि
२. पर्साका ५६ वर्षीया महिला । ७ भाद्रमा मृत्यु पुष्टि
३. सर्लाहीका ३३ वर्षीय महिला । ७ भाद्रमा मृत्यु पुष्टि

 

प्रतिकृया दिनुहोस्