शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरबाट ५९ वर्षिय सौतेलो बाबु समातिएका छन् । उनले तीन वर्षदेखि किशोरीलाई बलात्कार गर्दै आएका अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए ।

गत २७ फागुनमा श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई परिसरले पक्राउ गरेको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामो समयदेखि बलात्कारमा पर्दै आएकी बालिका अपांगता भएकी छन् ।

थाइराइडका कारण उनका खुट्टा चल्दैनन् । किशोरी ललितपुरकै एक बोर्डिङ स्कुलमा पढ्छिन् । आफूमाथि हुँदै आएको कुकर्मको विषयमा बालिकाले तीन वर्षसम्म कसैलाई भन्न नसक्दा घटना बारे ढिलो गरी जानकारी आएको प्रहरीको भनाई छ ।

news18nepal

 

१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया