Monday, November 23

कोरोनाको उपचारमा प्रभावकारी मानिएको औषधी नेपाल आउन थाल्यो, मुल्य यस्तो छ….. ..

August 23, 2020 590

काठमाडौं । भारतले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्दै आइरहेको औषधी नेपाल आउन थालेको छ।

भारतका तीनवटा कम्पनीले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि नेपाल ल्याउन थालेका छन्।

भारतीय फर्मास्युटिकल कम्पनी माइलेन, सिप्ला र हेटेरो ड्रग्सले औषधि नेपाल सप्लाई सुरु गरेका हुन।

मागअनुसार माइलेनले सुरुमा ५७० सीसी औषधी आपूर्ति गरेको औषधि विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जनाएका छन। भारतीय कम्पनीसँग सम्पर्क गर्न सजिलो भएको र उनीहरुको औषधि पनि सस्तो भएको ढकालले बताए।

भारतले कोरोना भाइरसको संक्रमितको उपचारमा यही औषधी प्रयोग गर्दै आइरहेको छ। संक्रमितको उपचारमा रेम्डेसिभिर निकै उपयोगी देखिएको बताइन्छ।

आइसीयूमा रहेका बिरामीहरुका लागि पनि यो औषधि प्रभावकारी देखिएको छ। अहिलेसम्म नेपालमा यो औषधि उपलब्ध थिएन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आयात सिफारिशको अनुमति विभागले औषधीको सप्लाईका लागि ३ कम्पनीलाई अनुमति दिएको हो।

विभागले गत असार १० गते रेम्डेसिभिर र फाभिपिराभियरको आयात सिफारिशका लागि मन्त्रालयसित निर्देशन मागेको थियो।

मन्त्रालयको स्वीृकतीसँगै औषधी आयात थालिएको हो।

पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएसँगै रेम्डेसिभिर आयात गर्न दिनुपर्ने माग चिकित्सा क्षेत्रबाट उठेको थियो।

यो औषधि भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा कोरोना उपचारमा प्रभावकारी देखिएको छ।

नेपाली बजारमा यो औषधि रू ६ हजार ५ सयमा उपलब्ध हुने विभागको दाबी छ।

प्रतिकृया दिनुहोस्