Saturday, December 5

कोरोना सङ्क्रमण अत्यन्तै उग्र हुन थालेपछी अन्त:त देशव्यापी लकडाउन घोषणा !!

August 23, 2020 182

दक्षिण कोरियाले कोरोनाका कारण देशभर निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारले भेला हुन, रात्रीकालीन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको रोक लगाइएको छ ।

स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरि नै रोक लगाइएको जानकारी दिएका हुन् । दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण शनिबार थप ३ सय ३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ । सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिको छ ! अहिले त्यसमा थप प्रतिबन्धहरु लगाइएको हो ।

प्रतिकृया दिनुहोस्