बिहिबार ३० बैशाख २०७८

काठमाडौँ / काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ । सोमबार बिहान काठमाडौंको वायु प्रदूषण तीन सय नौ एक्युआई मापन गरिएको हाे ।

जुन स्वास्थ्यका लागि हानिकारक रहेको बताइछन् । यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर तीन सयभन्दा माथि रहेको छ ।
सोमबार बिहान काठमाडौँको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि करिब एक सातासम्म काठमाडौँको आकाश तुवाँलोले ढाकेको थियो । तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको महाशाखाले बताएको छ ।

purbelinews

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया