सोमबार १३ मंसिर २०७८

इटहरी / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ । तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

सर्वाेच्च अदालतले माओवादी केन्द्र र एमालेलाई अलग अलग गरिदिए पछि माधव नेपाल समूहले चैत १७ गते प्रस्ताव फिर्ता लिएको थियो ।

अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले पनि आज बस्ने प्रदेश १ को प्रदेशसभाबाट औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको छ । गत पुस १२ गते दर्ता भएको प्रस्तावमा माधव नेपाल समूहका २२ र प्रचण्ड समूहका १५ जनाले हस्ताक्षर गराएका थिए ।

purbelinews

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया