Monday, November 30

मन्त्रिमण्डल पुर्नगठनको तयारीसँग ओलीको विरोध गर्नेहरु चुपचाप

August 23, 2020 164

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अन्त भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको तयारीसँग ओलीको विरोध गर्नेहरु चुपचाप भएका छन् ।

ओलीले मन्त्रिमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीहरु हेरफेर गरेर पाँच वर्षे कार्यकाल सुनिश्चित गर्ने रणनीति बनाएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको अडानबाट पछि हटेपछि विवाद लगभग अन्त भएको हो ।ओलीका आलोचकहरु सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, पम्फा भुषाललाई मन्त्री बनाउने आशा देखाएपछि चुप भएका छन् ।

अब यीमध्येबाट अधिकांश मन्त्री बन्ने चर्चा चलेको छ ।प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको बर्हिगमन चाहिरहेका छन् ।

उनीहरुले अप्ठ्यारो पर्दा साथ नदिएको भन्दै प्रचण्डले आफ्नो कोटामा नपार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । माधव नेपालले योगेश भट्टराई र घनश्याम भुषाललाई साथ नदिने बुझिएको छ ।

दुवैले आफूलाई साथ नदिएको भन्दै अब मन्त्रीका लागि अन्य नाम लाने नेपालको तयारी छ । उनको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ

pathibara daily

प्रतिकृया दिनुहोस्