Friday, December 4

कर्फ्यूको समयमा चलाएकाले प्रहरी देखेर भाग्दा दुर्घटना : २ जनाको मृत्यु

August 23, 2020 80

काठमाडौ । बाँके,नेपालगंज उपमहानगरपालिका–१३ बुलबुलिया चोकमा अन टेष्ट लेखिएको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार नेपालगंज उपमहानगरपालिका–९ बस्ने २५ बर्षीय सुरेश चदाराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल चालक प्रहरी देखेपछि झनै तिव्र गतिमा दौडिएका थिए । कर्फ्यूको समयमा चलाएकाले फरार हुन उनी तिव्र गतिमा दौडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कञ्चनपुर, महाकाली नगरपालिका–६ आँमबगैंचा चोकमा युके ०६ एके ५८१२ नम्बरको मोटरसाइकलले युके ०६ एएफ ८४२६ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा युके ०६ एके ५८१२ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका–१ बस्ने २० बर्षीय सागर बमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा हुँदै थप उपचारको लागि सेती प्रदेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार सोही नगरपालिका–६ बस्ने १९ बर्षीय कुमार बुढा क्षेत्रीको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल र युके ०६ ए एफ ८४२६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्