Friday, October 30

सबैले स्मार्ट लाइसेन्स पाउने लकडाउनमा फाइदा

August 23, 2020 81

काठमाडौ । लकडाउन स्मार्ट लाइसेन्सका लागि निवेदन दिनेका लागि भने मौका बनेको छ । बर्षौसम्मपनि नयाँ लाइसेन्स नपाउने विवसता अब सकिएको छ । प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएसँगै अब नयाँ प्रक्रियामा आउँनेलेपनि एकदमै छिटो लाइसेन्स पाउने भएका छन् । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सकोपनि छपाइ सकिएको छ । योसँगै अहिलेसम्म लाइसेन्सका लागि निवेदन दिएकाहरुले अब चाँडै लाइसेन्स पाउँने भएका हुन् ।

 

छपाइ ढिलो हुँदा करिब ४ वर्षदेखि स्मार्ट लाइसेन्सको वितरणमा समस्या थियो । तर, लकडाउनका कारण नयाँ लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्सको छपाइ सकेको हो । गत वर्ष इटालीबाट विभागले मास प्रिन्टर पनि किनेर ल्याएको थियो । सबैजसो प्रदेशमा कोरोनाको महामारीका कारण सवारी लाइसेन्सको परीक्षा बन्द भएका छन् भने नवीकरणको क्रम पनि पातलिएको छ । यसले गर्दा विभागमा छापाइ गर्नुपर्ने लाइसेन्सको चाप घटेको थियो । यही मौकामा विभागले लगातार छपाइको काम गरेर ‘ब्याक लक’ फुकाएको हो ।

 

 

विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार अब प्रक्रिया पुरा गरेपछि चालकहरुलाई एक महिनामै लाइसेन्स दिन सकिनेछ । कागजी प्रक्रिया पुरा भएर आउने लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित प्रदेशमा पठाउनुपर्ने भएकाले एक महिनाको समय लाग्ने अवस्था विद्यमान रहेको उनले बताए । ‘अब पुराना लाइसेन्स छाप्न बाँकी छैन,’ उनले भने,’अब नियमित रुपमा आउने लाइसेन्स नियमित रुपमै छापिएर कार्यालयहरुमा पाउन सकिने छ ।’ पुराना निवेदकका लाइसेन्सपनि अवस्था सहज भएपछि वितरण गरिनेछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

janaboli

प्रतिकृया दिनुहोस्