Saturday, October 24

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर

August 23, 2020 54
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ५ हजार ७ सय ५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३२ लाख ५७ हजार ८ सय ५ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ५ लाख ११ हजार ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ७ सय ७६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७९ हजार ५ सय ७४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १८ हजार १ सय ९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५८ लाख १४ हजार ८ सय ३६ पुगेको छ ।

हालसम्म ३१ लाख ३२ हजार ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्