बुधबार ०८ बैशाख २०७८

सुन्दरी प्रतियोगितामा भाग लिन थाइल्याण्डको बैंकक पुगेकी म्यानमारकी विद्यार्थीले प्रजातन्त्रका लागि सडकमा आएका प्रदर्शनकारीमाथि आफ्नो देशको सेनाले दमन गरिरहेको भन्दै सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी छन् । थाइल्याण्डको राजधानी बैंककमा शनिबार राति सम्पन्न मिस ग्राण्ड इन्टरनेसनल पेजेन्ट प्रतियोगितामा **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यांगुन विश्वविद्यालयकी विद्यार्थी हान ले पनि प्रतिस्पर्धी थिइन् ।
प्रतियोगिताको उपाधि अमेरिकाकी अबिना अपियाले जित्दा हानले भने मञ्चलाई आफ्नो देशको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सदुपयोग गरिन् । ‘जतिबेला म यो मञ्चमा छु, मेरो देशमा थुप्रै मानिसहरु मरिरहेका छन्’ गहभरि आँसु पार्दै उनले भनिन्, ‘आजै मात्र १०० भन्दा बढीको मृ८त्यु भएको छ ।

सडकमा ज्या८न गु’माएका मानिसप्रति गहिरो दुःख व्यक्त गर्छु ।’ म्यानमारका जनता प्रजातन्त्रका लागि सडकमा आएको भन्दै उनले भनेकी छन्, ‘म पनि एक हुँ, जो प्रजातन्त्रका लागि जोड दिइरहेको छु … म यहाँ भन्न चाहन्छु, कृपया सहयोग गर्नुहोस् । हामीलाई तत्काल अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ ।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया