Saturday, November 28

नेपालमा कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु

August 23, 2020 163

काठमाडौं । नेपालमा कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्यु भएको यो पहिलो हो । प्रवक्ता डा. गौतमले एक महिला र १० पुरुष गरी थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

 

काठमाडौँ, मोरङ, पर्सा, बारा सप्तरी, चितवन, मकवानपुर, सर्लाही, ललितपुर, दोलखा र प्युठान जिल्लाका सङ्क्रमितको मृत्यु भएको बताउनुभयो । शनिबार (आज) पनि वीरगन्जमा बिहानै एकजनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

janaboli

प्रतिकृया दिनुहोस्