आइतबार ०५ बैशाख २०७८

संसारमा विभिन्न प्रकारका मानिस हुन्छन्। प्रत्यक मानिसको स्वभाव पनि एक-अर्कासँग मिल्छ भन्ने छैन। कोहि मानिस निकै जिद्दी किसिमका हुन्छन् त कोहि निकै समझदार हुन्छन्। ज्योतिष शास्त्रका अनुसार हरेक मानिसको स्वभाव उसको राशि अनुसार फरक पर्न जान्छ। १२ वटा राशि मध्य ४ यस्ता राशि पनि छन् जुन राशिका मानिस निकै अडिक र निष्ठावान हुन्छन्। यी मानिस कसैको अगाडी पनि नझुक्ने किसिमका हुन्छन्।

मेष राशि
मेष राशिका मानिस कसैलाई पनि छिटै विश्वास गर्दैनन्। प्राय: जसो कुरामा आफ्नो निर्णय लागू गर्न चाहने यस राशिका मानिसको शिर कसैको अगाडी पनि झुक्दैन। अरु मानिसको कुराले प्रभावित भएर आफ्नो निर्णय कहिले पनि नबदल्ने यी मानिस जीवनमा निकै सफल हुन्छन्।

वृश्चिक राशि
यस राशिका मानिस निकै इमान्दार र समझदार किसिमका हुन्छन्। मानिसको स्वभाव हेरेर त्यहि अनुसार व्यवहार गर्ने यस राशिका मानिस छिटै कसैलाई भरोसा गर्दैनन्। निकै भावुक किसिमका यी मानिस आफ्नो निर्णयमा सधैं अडिक रहन्छन्।

मकर राशि
आत्म-नियन्त्रणको भावना प्रवल भएका यी मानिसको निर्णय शक्ति निकै उत्कृष्ट हुन्छ। आफ्नो निर्णयमा अरुको कुराले प्रभावित हुने मकर राशिका मानिसमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ। आत्मविश्वासले भरपूर यी मानिसले जीवनमा छिटै सफलता हासिल गर्छन्।

कुम्भ राशि
भावनामा बगेर कुनै पनि महत्वपूर्ण निर्णय नलिने कुम्भ राशिका मानिस निकै रोचक र जिज्ञासु हुन्छन्। स्वभावले थोरै जिद्दी यिनीहरु अरुको प्रभावमा कहिले पनि आउँदैनन्।

infolinkmedia

४० पटक हेरिएको

तपाईको प्रतिक्रिया