भारतीय चर्चित अभिनेता अनुपम खेरले कोभिड-१९ ले मानिसको अहंकारलाई औकातमा ल्याइदिएको र बल्ल मानिसहरु जीवनको मूल्य बुझ्न थालेको बताएका छन् ।
खेरले सामाजिक सञ्जालमा ट्विटमा भिडियो पोस्ट गर्दै भनेका छन्, ‘कस्तो हुनुहुन्छ तपाई ? तपाइले सोच्नु भएको छ की जीनवमा कुनै चीजको मूल्य नै छैन ।
कुनै उपलब्धि होस वा कुनै अचिभमेन्ट।मसँग यति धेरै सर्ट छ, यति वटा कोट छ, सुट छ वा म यो चीजको तयारी गरिरहेको छु। हेर अब म के गरेर देखाउँछु। म आफ्नो कक्षामा प्रथम आउँछु। अब यी सबै बेइमानी जस्तो लाग्न थालेको छ ।
उनी फेरि मानिसको रवाफ र घमण्डलाई व्यंग्य गर्दै जोड्छन्, ‘ मसँग गाडि छ, बंगला छ, तिमीसँग के छ ?’ उनी फेरि आफैलाई व्यंग्य गर्छन् र भन्छन्,’ मसँग त आमा पनि हुनुहुन्न । भाइको घरमा बसिरहनु भएको छ ।’
उनले अहिले यो लकडाउनमा मानिसको सबै महत्वपूर्ण चीजहरु तुच्छ जस्तो भएको दाबी गरेका छन् । उनी भन्छन्, ‘हामीले महत्वपूर्ण मानेका यी सबै चीजहरु अहिले केवल शून्य मात्र जस्तो भएको छ । हामीलाई पहिल्यै सम्झिनुपर्थ्यो की हामी शून्यबाटै आएका थियौ, शून्यमै जाने हो। तर हाम्रो दिमाग खराब भएको थियो। हामी अहंकारको चरम सीमासम्म पुगिसकेका थियौ।
उनी अहंकारी मानवलाई हप्काउँदै भन्छन्, ‘थैट! हामी आफैंलाई भगवान सम्झिन लागेका थियौ । हामी त नारा नै बनाइ सकेका थियौ की ऊ भगवान हो ।तर दुर्भाग्य जाबो एउटा कोरोनाले आयौ नि सबै आफ्नौ औकातमा । सबै डराएर क्वारेन्टिनमा बसिरहेका छौ ।’
प्रतिकृया दिनुहोस्