आइतबार १२ मंसिर २०७८

काठमाडौं । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सांसद, पूर्व पर्यटनमन्त्री तथा एमालेका नेता योगेश भट्टराईले संसदको बैठकमा ताप्लेजुङको दोभानमा भएको आगलागीका पिडितलाई राहत उपलब्ध गराउन आग्रह गरेका छन्।

आज बसेको संसदको बैठकमा भट्टराईले यस्तो आग्रह गरेका हु्न । आगलागी पिडितलाई दिर्घकालिन बासस्थानका लागि भुकम्प पिडित सरहको सुबिधा उपलब्ध गराउन सरकारलाई माग गरेका छन्।

उनले दमकलको समेत व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले दैनिक उपभोग सामाग्रीहरु उपलब्ध गराउन माग गरेका छन्। गत फागुन १८ गते भएको आगलागीवाट ५२ घर जलेर नष्ट भएको र ८ करोड भन्दा बढी धन क्षति भएको भट्टराईले बताए।

कुरा राख्दै गर्दा अन्त्यमा भट्टराई निकै भावुक भएको भिडियोमा देख्न सकिन्छ । यसअघि उनले ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापानमा सक्दो सहयोग गर्ने बताएका थिए ।

हेर्नुहोस् भिडियोः

narayanipati

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया