Friday, December 4

ॐ जय श्री कालिञ्चोक भगवती !!! दर्शन गर्दै कालिन्चोक भागवती माताको महत्व र महिमा पढ्नुहोस भेटी स्वरुप एक सेयर गर्नुहोस

August 23, 2020 454

ॐ जय श्री कालिञ्चोक भगवती !!
बाग्मती प्रदेश दोलखा जिल्ला कालिन्चोक गाउँपालिकामा अबस्थित कालिन्चोक भगवती मन्दिर नेपालकै प्रसिद्द शक्तिपीठ हो। जिल्ला सदरमुकाम चरिकोटबाट करिब १७ किमि उत्तर मा पर्ने ३८४२ मिटरको पहाडको टाकुरामा रहेको यस प्राचिन शक्तिपीठमा बडा दशैँ ,चैते दशैं ,जनै पुर्णिमा,नया वर्षा र कार्तिक पुर्णिमा आदि पर्ब हरुमा बिसेष पूजा हुने र देश-विदेश बाट लाखौ भक्तजन आउने गर्दछन। हालसालै भक्तजनको सुबिधाको लागि कुरी देखि मन्दिर नजिकै सम्म केबुलकार को समेत ब्यबस्था गरिएको र कुरी उपत्यकामा ठुला-ठुला होटेल संचालनले अझै भक्तजनलाई आकर्षित गर्ने निश्चित छ ।

गौरी शंकर हिमाल तथा रोल्वालिंग हिमश्रृंखला लाई नजिकै बाट नियाल्न सकिने यस टाकुरामा मा एक शिलाद्वारा निर्मित जल कुण्ड छ जसमा माता दुर्गाको एक शक्ति विराजमान हुनुहुन्छ। यस ढुंगाको जल कुण्डमा रहेको जलनै दोलखा भिमेश्वरको मन्दिर को निर्मल कुण्डमा पुग्ने जन बिश्वाश छ। कालिञ्चोक भगवती उत्पतिका सम्बन्धमा बिभिन्न किम्बदन्ती सुनिन्छ जसको कुनै सत्यता भेटिएको छैन। बास्तबिक कुरा पौराणिक मान्यतालाई लिनुपर्ने देखिन्छ जस अनुसार सुनकोशी र रोशी खोलाको संगम स्थल जसलाई दुर्गा तिर्थ पनि भनिन्छ जहाँ कुशेश्वर महदेव को मन्दिर रहेको छ उक्त स्थानमा देवी दुर्गाले त्रिलोक बिजयी राक्षेस शुम्भ-निशुम्भको बध गरि दुर्गा नदि अर्थात् सुनकोशी नदीमा खड्ग पखाली रामेछापको खाडादेवी मन्दिर रहेको डाँडो मा खड्ग गाडी कालिन्चोक मा अन्तर्ध्यान हुनु भयो भन्ने कुरा स्कन्द पुराणको हिमबत् खण्डमा उल्लेख छ।

राक्षेसहरु संग लामो युद्दमा विजय प्राप्ति पछि थकान मेटनको निमित माता दुर्गा ले एकान्त रमणीय स्थल कालिन्चोकको पहाड रोज्नु भएको देखिन्छ उक्त स्थानमा पानीको कुनै श्रोत नभएकोले नै दुर्गा माताले पहाड लाई फोडी ढुंगामा तरवार प्रहार गरि जल उत्पन्न गराउनु भयो। शिला कुण्ड बाट निस्केको जलले स्नान गर्नुको साथै बहान सिंह को पानीको प्यास बुझाउनु भयो र तेही जलकुण्ड मा आफ्नो एक शक्ति स्थापित गरिराख्नु भयो ।

भेडी गोठालो हरुले देवीको स्थान पत्ता लागाई पूजा अर्चनाको शुरुवात गरेको यस प्राचिन शक्तिपिठमा हजारौ बर्ष अघि देखिनै पूजा-आराधना भएको देखिन्छ। भेडी गोठको भेडा हरु चरौउन ल्याउदा दैनिक रुपमा १/१ गर्दै सबै भेडा हरु हराएपछि गोठालो अति दुखि हुदै मन्दिर तलको ओढारमा रात बिताउन बाध्य हुन्छ यस घटनाले मातालाई दया लागेर आकाश बाणी मार्फत आफ्नो परिचय दिई भेडाहरु सबै आफु संग सुरक्षित रहेको र मेरो पूजा आरधना गरि सम्पूर्ण भेडा फिर्ता लानु भनेपछि गोठालो खुसि हुदै देवी कालिन्चोकको पूजा शुरुवात गरेको किम्बदन्ती छ। रामेछापको खाँडादेविमा खडगको पूजा हुन्छ

प्रतिकृया दिनुहोस्