बिहिबार ३० बैशाख २०७८

जवानी अवस्थामा नै दुबै हात गुमाएका डोलबहादुर बिश्वकर्मा अहिले दुनियालाई नै चकित पार्दैछन् ।आफ्ना दुबै हात गुमाएका उनिले आफैलाई भाग्यमानी समेत ठान्दै आएका छन् ।

संघर्ष नै हामी सबैको जिन्दगी हो ।त्यसैले हामिले संघर्ष गर्न कहिले पनि छोड्नु हुदैन् ।२०६८ सालमा नेपाल अपांग आश्रम स्थापना गरेका डोलबहादुरले योसंस्थाको निमित्त धेरै नै गरिसक्नुभएको छ ।सुरुवाति क्रममा आफुहरुलाई संस्था चलाउन निकै नै हम्बेहम्बे परेको र सो चलाउदै गर्दा आफुहरु कहिलेकाही भोकभोकै समेत बसेको बताउँछन् उनी ।

बिदेशमा काम गर्दै गर्दा आफ्ना दुबै हात गुमाउनमा पुगेका उनिले आफ्नो सम्पूर्ण कामहरु आफै गर्छन् त्यति मात्रै हैन संस्थामै रहेर सबैको हेरचाह एवम् ट्रेनिङ समेत दिन्छन् ।कम्प्युटर समृत चलाउछन् र सयौ अपाङ्गहरुको हेरचाह गर्न पाउनुलाई आफ्नोे सौभाग्य भएको पनि बताउँछन् ।

थप हेर्नुस् भिडियो सामाग्री

thebuddhakhabar

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया