Monday, November 23

वडा अध्यक्षले भेन्टिलेटर नपाएपछि मृ त्यु्

August 22, 2020 111

इटहरी । समयमै भेन्टिलेटर नपाएर एक जना वडा अध्यक्षको मृ त्यु भएको छ।

इटहरीको कोशी गाउँपालिका २ का वडा अध्यक्ष ४५ वर्षीय हिरालाल यादवको मृ त्यु भएको हो। हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पु¥याइएका यादवको बीएण्ड सी अस्पतालमा मृ त्यु भएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए।

यादवलाई दिउँसो घरमै बसेको समयमा हर्टअट्याक भएको थियो। कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बीएण्ड सी अस्पताल पु¥याइएको थियो। तर त्यहाँ पनि उपाय नभएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृ त्यु भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्