बिहिबार १६ मंसिर २०७८

काठमाडौं । काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ । त्यसको सबै व्यवस्थापन सरकारले गर्नेछ । कोभिडको संक्रमण पुनः बढेको हुँदा यस्तो निर्णय गर्नु परेको उनको भनाइ छ ।

उपत्यका प्रवेश गर्नेहरुलाई त्यहीँ नै एन्टिजेन परीक्षण गराउने र कोरोना पोजेटिभ देखिए पीसीआर परीक्षण गराउन यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

news18nepal

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया