शुक्रबार १० बैशाख २०७८

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएपछि अनेरास्ववियुले वि’रोध प्रदर्शन गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् ।

सोमबार बबरमहलस्थित निगमको कार्यालय अगाडि विद्यार्थीहरुले विरोध धर्ना दिएका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले ७२ घण्टा भित्रमा मूल्य बृद्धि फिर्ता नगरे नेपाल आयल निगमका सवारीसाधन तो’डफो ड गर्ने चेतावनी दिए । ‘निगमले मूल्य बृद्धि गरेर गरिब जनताको ढाड सेकाएको छ,’ उनले भने‚ ‘७२ घण्टाभित्र मूल्य बृद्धि फिर्ता नभए क्याम्पस आसपास गुडेका निगमका सवारीसाधन तो’डफो ड गर्छौं।’

उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पनि का’लोमो सो समेत दल्ने चतावनी दिए । ‘क्याम्पस अगाडि निरन्तर आ’न्दोलन गर्नेछौं, सरकारी गाडीहरु क्याम्पस वरिपरि गुड्न दिने छैनौं, गुडेमा गाडीका सिसाहरु फु’टाउँछौँ‚’ उनले भने । उनले सबै विद्यार्थी संगठनको सयुक्त रुपमा क्याम्पस अगाडि मंगलबार बिहान एक घण्टा च’क्काजाम गर्ने बताए।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ र २ रुपैयाँ बढेको छ । कार्य विधि कार्यान्वयन गर्दा साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेका छौं । नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेलर मटितेल १०३ र १०३ रुपैयाँ कायम गरिएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

zkhabar

३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया