सोमबार २७ बैशाख २०७८

काठमाडौँ — नेकपा माओवादी केन्द्रले टंक आङ्बोहाङलाई सांसद पद र साधारण सदस्यबाट निष्कासित गरेको छ । प्रदेश १ का सांसदसमेत रहेका आङबोहाङलाई दलको विधान बमोजिम गतिविधि गर्दै एमालेमा लागेको भन्दै माओवादी केन्द्रले कारबाही गरेको हो ।

आइतबार अध्यक्ष पुष्पकमल दाहालले पत्रमार्फत आङ्बोहाङले स्पष्टीकरण नदिएकाले प्रदेश सभा सदस्यको दल त्याग गरेको ठहर गरेको पनि दाहालले बताएका छन् । आङ्बोहाङले दल त्याग गरेको सूचना प्रदेशसभामा पेस गर्ने निर्णयसमेत गरिएको दाहालको पत्रमा उल्लेख छ ।
माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारबाही गरेको पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराउने तयारी रहेको बताएका छन् ।

त्यस्तै माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङसहित लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको हो ।

माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारबाही गरेको पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराउने बताए । कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको र सोमबार बैठक सुरु हुनुअगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।

माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ । एमाले प्रवेश गरेका रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो । अहिले दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै सांसद वा प्रदेशसभा सदस्यले दल त्याग गरेर अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने व्यवस्था छ ।

zlkhabar

४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया