सोमबार ०६ बैशाख २०७८

एजेन्सी । भारतमा थप ‍१ लाख ३ हजार ७ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि ९शनिबार० चैत्र २२ मा भारतमा यो वर्षको दोस्रो धेरै ९२ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख ७९ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ४२ हजार ८ सय ३० पुगेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणले ज्यान जानेको संख्या १ लाख ६५ हजार १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४७७ जनाको ज्यान गएको छ ।

news18nepal

३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया