Friday, October 30

ग्रान्डी अस्पतालमा कोरोना संक्रमितको मृत्यु…….

August 22, 2020 200

काठमाडौं । काठमाडौंको ग्रान्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत सप्तरीका वृद्धको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । राजविराज नगरपालिका–७ का ७७ वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको स्रोतको भनाइ छ।

स्वास्थ्यमा समस्या देखिएपछि वृद्ध उपचारका लागि एक साताअघि ग्रान्डी अस्पताल आएका थिए । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको शव सुरक्षा उपाए अपनाइ पशुपतिको विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिसकिएको छ।

प्रतिकृया दिनुहोस्