शनिबार १६ साउन २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ । तर, आत्मीयजनसँग बिछोड होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । यात्रामा मन रमाउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला । रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । काममा जस पाउने सम्भावना छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । विश्वास पात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ । अप्रिय समाचारले दुःखी बनाउला । पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ । काममा कठिनाई देखिए पनि अन्ततः खुशी मिल्नेछ । घर जग्गा वा कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यापार पनि फस्टाउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनु होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ । काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन् । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला, होसियार रहनु होला ।

३७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया