Thursday, October 22

नेपाल र इजरायलबीच यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता

August 22, 2020 123

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ ।इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको सो दूतावासले जानकारी दिएको छ ।

राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिनुभएको थियो । सो अवसरमा केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

इजरायलमा रहेको नेपाली दुतावासले निकालेको बिज्ञप्ति यस्तो छ ।

आज नेपाल सरकार तथा ईजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। फलस्वरूप, अब उप्रान्त नेपाल वा ईजरायलमध्ये कुनै राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु नपर्ने भएको छ। ईजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट महामहिम राजदूत डा. अन्जान शाक्यज्यूले तथा ईजरायल सरकारको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री H.E. Mr. Gabi Ashkenazi ले हस्ताक्षर गर्नुभएको थियो।

यस अवसरमा नेपाली महामहिम राजदूतज्यूले नेपालमा Learn & Earn Project मार्फत ईजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई Expert/Consultant को रुपमा विकास गर्न सकिने सुझाव दिनुभएको थियो। त्यसैगरी Caregiving Sector मा पुन: नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि दुई पक्षबीच कुराकानी भएको थियो।

FacebookTwitterEmailFacebook MessengerWhatsAppViberSMSShare
Mo

प्रतिकृया दिनुहोस्