Sunday, November 29

खुशीको खबर; रुसको कोरोना भ्याक्सिन नेपाल आउने बाटो खुल्यो यस्तो छ तयारी… Home

August 22, 2020 495

काठमाडौं। रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाल आउने बाटो सहज हुने देखिएको छ । रुसको यो भ्याक्सिन भारतमा उत्पादन गर्ने तयारी गरिएको छ । यदि यो भ्या क्सिन भातमा उत्पादन भएमा नेपालमा आयात गर्नै सहज हुनेछ र नेपाली नागरिकको भ्याक्सिनसम्म सहज पहुँच पुग्नेछ । अहिले रुसले आफ्नो भ्याक्सिन उत्पादन गर्नको लागि भारतसँग सहकार्यको अपेक्षा गरेको छ ।

भारत विश्वका ठूला भ्याक्सिन उत्पादक देशमध्येको एक हो ।

समाचार एजेन्सी पीटीआइका अनुसार रुसको कोरोना भ्याक्सिनका लागि लगानी गर्ने संस्था रशियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डले भ्याक्सिन उत्पादनको लागि भारतसँग साझेदारी गरिरहेको जनाएको छ । आरडिआयएफका सिइओ किरिल दिमित्रिभले रुसको भ्याक्सिन स्पुतनिक भी उत्पादनको लागि आफूहरुले भारतसँग अपेक्षा गरेको बताएका छन् ।

उनले भने ‘भ्याक्सिनको उत्पादन महत्वपूर्ण विषय हो । तत्कालको लागि हामी भारतसँग सहकार्यको अपेक्षा गरिर हेका छौं । हामीलाई लाग्छ उनीहरुसँग रुसी भ्याक्सिन उत्पा दन क्षमता छ । यो भन्नु जरुरी छ कि यो साझेदा रीबाट हामीले भ्याक्सिनको माग पूरा गर्न सक्नेछौं ।’ किरि लका अनुसार भ्याक्सिन उत्पादनको लागि अरु देशहरु पनि इच्छुक छन् । यिनीहरुमा ल्याटिन अमेरिका, एसिया र मध्यपूर्वका देशहरु छन् ।

प्रतिकृया दिनुहोस्