Tuesday, October 27

बुटवलमा १५ वर्षीय बालिकासहित दुईजनाले गरे आत्महत्या !

August 22, 2020 270

बुटवल । रुपन्देहीमा बिहीबार दुईजनाले झुण्डीएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको बुटवल उपमहानगरपालिका-१२, तामनगरकी ५७ वर्षीय दिलमाया पुनले आफ्नै घरदेखि नजिकै रहेको सिमलको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बुटवल उपमहानगर-११, मा डेरा गरि बस्ने राजुनेपालीकि अन्दाजी १५ वर्षीया छोरीले बाख्राको खोरको बलोमा झण्डिएर आत्महत्या गरेकी हुन् । गुल्मीको छत्रकोट गाउँपालिका २ हुगाँ घर भएकी उनी परिवार बुटवल बस्दै आएको प्रहरीले जनाएको छ । उनको नाम भने खुलाईएको छैन् ।

 

प्रतिकृया दिनुहोस्