Monday, November 23

भगवान शिवसंग जोडिएका यी रोचक कुराहरु जुन ,तपाईलाई थाहा छ…? ! हेर्नुहोस

August 22, 2020 172

आजबाट भगवान शिवको प्रिय महिना श्रावण महिनाको सुरुवात भएको छ। साउन महिना बिषेशत भगवान भोलेनाथको प्रिय महिनाको हो। साउन महिनालाई अन्य महिनाको तुलनामा अधिक शितलता प्रदान गर्ने महिनाको रुपमा लिइन्छ त्यसैले हरेक शितलता प्रदान गर्ने चिज भगवान शिवका लागि प्रिय हुने भएकाले साउन महिना पनि उनका लागि प्रिय महिना हुन पुगेको हो। यस महिनाभर भगवान शिवको पुजा आराधना गर्नाले बिशेष लाभ मिल्ने मान्यता रहेको छ। साथै यस महिना अविवाहित महिलाहरु सुयोग्य वर पाउने र विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन। यसै बिषयमा आज हामी भगवान शिवलाई जल चडाउने परम्पराको बारेमा बताउन जादैछौं ,

जल चडाउने परम्परा

श्री मदभागवत महापुराणमा समुन्द्र मन्थनको बारेमा बताईएको छ। जहाँ देवता र राक्षस मिलेर समुन्द्र मन्थन गरेका थिए जहाँ बाट कालकुट बिष उत्पन्न भई पुरै संसार ध्वस्त पार्न लाग्यो त्यो देखेर भगवान शिवले उक्त बिष आफ्नो मुखमा हालेर निलिदिए जसका कारण शिवको कण्ठ निलो हुन गयो र उनको नाम निलकण्ठ रहन गएको हो।

बिष निले पछी उनलाई छटपटी हुन् थाल्यो र सोहि समयदेखि नै भगवान शिवलाई शान्त गराउनका लागि जल चडाउने परम्परा रहदै आएको हो। आउनुहोस भगवान शिवसंग जोडिएका अन्य रोचक तथ्यका बारेमा पनि जानिराखौं,

पहिलो सृष्टिकर्ता

विभिन्न धार्मिक शास्त्रमा बताए अनुसार भगवान शिवलाई पहिलो सृष्टिकर्ताको रुपमा लिइने गरिन्छ। साउन महिनाको एक दिन अगाडी हरेक बर्ष गुरु पुर्णिमा मनाइने गरिन्छ। वास्तवमा भगवान शिव नै आदि गुरु हुन्। ब्रह्मालाई सृष्टिका पिता भन्ने गरिन्छ भने भगवान शिवलाई प्रथम सृष्टिकर्ता भन्ने गरिन्छ। शिवले यो धर्तीमा जति माया, ममता, समानता आदिको पाठ सिकाए त्यो पाठ आजसम्म कसैले पनि सिकाउन सकेको छैन। देवता, दानव, मानव सबलाई एकसमान व्यवहार गर्ने भगवान कैलाशमा बसी जिव जनावरको छालाको कपडा लगाई, भष्म लेपन गरि हिड्ने अति नै सन्तुष्ट देवता हुन्।

शिवको शृंगार

सबै देवताको भन्दा भगवान शिवको शृंगार बिल्कुलै अलग रहेको छ। बाघको छाला ओड्ने , भष्म लेपन गरि हिड्ने , गलामा सर्पको माला लगाउने , एक हातमा त्रिशुल लिई, अर्को हातले डमरु बजाई, संसार डुल्दै हिड्ने भगवान शिव अरु भन्दा अलग्गै रहेका छन्।

अघोरी रुप

अघोरीको अर्थ डराउने चिज कुनै तान्त्रिक छबि हाम्रो अगाडी आउछ। तर भगवान शिव अघोर हुनुहुन्छ। घोरको अर्थ एकदम भयङ्कर भन्ने हुन्छ। सबैतिर समान रुपमा वास बस्ने मसानमाथि बस्ने , कैलाश , काशी सबैतिर समान भाव स्वीकार गर्ने शिवको गुण हो त्यसैले शिव घोर नभई अघोरी हुन्।

प्रतिकृया दिनुहोस्